उपसभामुख रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा भएको छैन : अब्दुल खान

उपसभामुख रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा भएको छैन : अब्दुल खान
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १३:२५
उपसभामुख रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा भएको छैन : अब्दुल खान

काठमाडौं : जनमत पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताएको छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान यो विषयमा आफ्नो पार्टीसँग कसैले छलफल नगरेको बताउँछन् ।

ADVERTISEMENT

‘उपसभामुखलाई हटाउनेबारे न अन्य दलले हामीसँग छलफल गरेका छन् न कहीँ छलफल भएको छ’ उनी भन्छन्, ‘औपचारिक रुपमा आयो भने त्यसपछि कुरा गरौंला ।’

कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरेका छन् । यसका निम्ति हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।

उपसभामुखलाई हटाउन एक चौथाइ सदस्यले प्रस्ताव लैजान सक्छन् । पदबाट हटाउने निर्णयका लागि दुई तिहाइ बहुमत चाहिन्छ ।

कांग्रेसको ८८ र एमालेको ७९ जोड्दा १६७ हुन्छ । सत्तापक्षकै रहेका साना दलसंग छलफल नभएकाले दुई तिहाइ पुर्‍याउने विषयमा शंका छ ।

जनमत पार्टी पनि सत्तापक्षमा छ । जनमत पार्टीको प्रतिनिधि सभामा ६ जना सांसद रहेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १३:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !