अमेरिकी विदेश मन्त्रालयले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा

अमेरिकी विदेश मन्त्रालयले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार ०९:१२
अमेरिकी विदेश मन्त्रालयले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा

एजेन्सी : अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ ।

मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो घटनाहरू मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र ‘आतंकवादलाई समर्थन गर्ने’ सँग सम्बन्धित रहेको बीबीसीले जनाएको छ ।

ADVERTISEMENT

यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो, जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि पनि कडाइ गरिएको छ।

यद्यपि, विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन ।

ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने केही विद्यार्थीहरूमाथि पनि कारबाही गरेको छ।

विदेश मन्त्रालयले ६ हजारमध्ये चार हजार भिसा कानून तोडेको घटनामा रद्द गरिएको छ । यसबाहेक, ‘आईएनए ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दाहरूमा’ २०० देखि ३०० भिसा रद्द गरिएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०९:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !