डा. मिश्रमाथि बलात्कार आरोप निराधार भएको अस्पतालको दाबी

डा. मिश्रमाथि बलात्कार आरोप निराधार भएको अस्पतालको दाबी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार १४:२६
डा. मिश्रमाथि बलात्कार आरोप निराधार भएको अस्पतालको दाबी

जनकपुरधाम : डीएनबी मेडिकेयर सेन्टर, बर्दिबासले आफ्ना प्रमुख डा. प्रविण मिश्रमाथि लागेको बलात्कार आरोपमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएको छ।

अस्पतालले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा डा. मिश्रमाथि लागेका सबै आरोप कपोकल्पित एवं तथ्यहीन भएको उल्लेख गरिएको छ। अस्पतालका अनुसार डा. मिश्रले स्वास्थ्य उपचार मात्र गरेका हुन्, तर आरोप एकतर्फी रुपमा प्रचार गरिएको छ।

ADVERTISEMENT

विज्ञप्तिमा भनिएको छ कि एक गर्भवती किशोरीले डेढ महिनाको गर्भ ट्याब्लेट सेवन गरी गर्भपतन गर्न खोज्दा अवस्था गम्भीर भएपछि अस्पताल ल्याइएकी थिइन्। त्यसपछि किशोरीको ज्यान जोगाउन डा. मिश्रले सक्दो प्रयास गरेका थिए।

उक्त घटना आधारहीन रूपमा बलात्कार आरोपमा बदलिएको र प्रहरीमा दर्ता भएको जाहेरी अदालतबाट पुष्टि नभएपछि डा. मिश्र साधारण तारेखमा रिहा भई पुनः नियमित काममा फर्किएको अस्पतालले जनाएको छ। साथै उनले पक्राउपछिका सञ्चार तथा सामाजिक सञ्जालमा आएका टिप्पणीहरू तथ्यहीन रहेको बताए।

अस्पतालले करिब १० वर्षदेखि २४ घण्टा इमर्जेन्सी, ओपीडी, अर्थोपेडिक, ल्याब, गाइनो, कार्डियोलोजी, छाला तथा नाक–कान–घाँटी, हाडजोर्नी र हेयर ट्रान्सप्लान्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।

‘हामी कानुनी प्रक्रिया अनुसार अस्पताल संचालन गर्दै आएका छौं, सरसफाइमा पनि विशेष ध्यान दिएका छौं’, अस्पतालका डा. मिश्रले बताएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १४:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !