सप्तरीमा घाँघी टिप्न गएकी ७२ वर्षीया वृद्धाको पोखरीमा डुबेर मृत्यु

सप्तरीमा घाँघी टिप्न गएकी ७२ वर्षीया वृद्धाको पोखरीमा डुबेर मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार १२:३२
सप्तरीमा घाँघी टिप्न गएकी ७२ वर्षीया वृद्धाको पोखरीमा डुबेर मृत्यु

सप्तरी : जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका वडा नं. २ का ७२ वर्षीया सजनी सदा घाँघी टिप्न गएकी क्रममा पोखरीमा डुबेर मृत्यु भएकी छन्।

प्रहरीका अनुसार, घटना सोमबार बिहान करिब ८ बजे भएको हो।

ADVERTISEMENT

मृतक पोखरी गाउँपालिकाभित्र करिब दुई किलोमिटर उत्तरमा रहेको रंजन चौधरीको निजी पोखरीमा घाँघी टिप्न गएकी थिइन्। सोही क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १२:३२
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !