सप्तरीमा करेन्ट लागेर सरदार दम्पतीको मृत्यु

सप्तरीमा करेन्ट लागेर सरदार दम्पतीको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार ११:०२
सप्तरीमा करेन्ट लागेर सरदार दम्पतीको मृत्यु

राजविराज : सप्तरीमा खेतबाट फर्किरहेका बेला करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन्।

ADVERTISEMENT

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लाका अनुसार शनिबार बिहान करिब ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कँदै गर्दा उनीहरू करेन्टमा परेका हुन्।

जंगली जनावरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको विद्युतीय बारमा स्पर्श हुँदा घटनास्थलमै दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार ११:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !