जनमत पार्टीले ‘वकिल जनमत संघ’ गठन गर्ने

जनमत पार्टीले ‘वकिल जनमत संघ’ गठन गर्ने
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार १८:२२
जनमत पार्टीले ‘वकिल जनमत संघ’ गठन गर्ने

काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले वकिल जनमत संघ गठन गर्ने भएको छ।

पार्टीको जनवर्गीय तथा पेशागत मोर्चाअन्तर्गत ‘वकिल जनमत संघ’ गठनको तयारी भइरहेको पार्टीकी सचिव अनिता देवी साहले जनाएकी छन्।

ADVERTISEMENT

उनका अनुसार उपत्यका तथा सातै प्रदेशमा कार्यरत कानून व्यवसायीहरूको बृहत् भेलाको तयारी गरिएको छ।

‘जनमत पार्टीप्रति प्रतिबद्ध र पार्टीको विधि–विधानअनुसार पार्टीमा आबद्ध हुन चाहने कानून व्यवसायीलाई संगठित गर्न लागिएको हो,’ उनले भनिन्।

पार्टीका सचिवालय प्रमुख राजेश मण्डलका अनुसार आगामी भदौ ४ गते काठमाडौंको मध्यबानेश्वरस्थित पार्टी कार्यालयमा विशेष भेला गरी ‘वकिल जनमत संघ’को घोषणा गरिनेछ।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार १८:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !