मानवअधिकार आयोगद्वारा जनकपुरमा पत्रकार कुटपिट घटनाबारे तथ्य संकलन

मानवअधिकार आयोगद्वारा जनकपुरमा पत्रकार कुटपिट घटनाबारे तथ्य संकलन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार १४:३५
मानवअधिकार आयोगद्वारा जनकपुरमा पत्रकार कुटपिट घटनाबारे तथ्य संकलन

जनकपुरधाम : लिजमा लिएको जग्गामा तारबार गर्ने क्रममा मंगलबार भएको पत्रकारमाथिको कुटपिटबारे बुझ्न नेपाल मानवअधिकार आयोगले बुधबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिसँग भेट गरेको छ।

महासंघको जनकपुरधामस्थित कार्यालयमा आयोगका पदाधिकारीहरूले घटनाका विवरण संकलन गरेका हुन्। केन्द्रिय गुठी संस्थानसँग प्रक्रियागत सम्झौता गरी वार्षिक भाडासहित लिजमा लिएको जग्गामा तारबार लगाउने क्रममा नेपाल वार एशोसिएसन धनुषासँग आवद्ध वकिलहरूले उक्त स्थान आफ्नो पार्किङ भएको दाबी गर्दै पत्रकारमाथि कुटपिट र हुलहुज्जत गरेका थिए।

ADVERTISEMENT

घटनाप्रति देशभर विरोध भइरहेको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि विभिन्न छाता संगठनहरूले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीले कानुनको उल्लङ्घन गरी पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्।

आक्रमणमा करिब आधा दर्जन पत्रकार घाइते भएका छन्। महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतोको खुट्टा भाँचिएको छ, अनिल निरालाको आँखामा मुक्का प्रहार भएको छ भने दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको छ।

जग्गा विवादसम्बन्धी मुद्दा उच्च अदालतमा दर्ता भइसकेको अवस्थामा पत्रकारमाथि भएको यो आक्रमणलाई अधिकांशले खेदजनक भनेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार १४:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !