सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार १३:०८
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी : सप्तरीको तिरहुत गाउँपालिका–१ क्रिकोल गाउँमा करेन्ट लागेर आज एक व्यक्तिको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार मृतक ४० वर्षीय भूपेन्द्र बिराजी यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको हो।

ADVERTISEMENT

घाइते यादवलाई तत्कालै उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार १३:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !