गोलीकाण्डपछि मुख्यमन्त्री सिंहको कमलपुर प्रवेश, मृतक यादवको घरमै पुगेर दिए सान्त्वना

गोलीकाण्डपछि मुख्यमन्त्री सिंहको कमलपुर प्रवेश, मृतक यादवको घरमै पुगेर दिए सान्त्वना
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २५, आईतवार १९:२२
गोलीकाण्डपछि मुख्यमन्त्री सिंहको कमलपुर प्रवेश, मृतक यादवको घरमै पुगेर दिए सान्त्वना

सप्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आइतबार सप्तरीको राजगढ–२ कमलपुर पुगेका छन्।

केही दिनअघि गोली लागी मृत्यु भएका ३६ वर्षीय लालु यादवको घरमै पुगेर उनले शोकसन्तप्त परिवारलाई सान्त्वना दिएका हुन्।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले घटनास्थल अवलोकन गर्दै मृतकका परिवार, स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गरेर घटनाबारे विस्तृत जानकारी लिए।

स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गरे।

मुख्यमन्त्रीले घटनासम्बन्धी आवश्यक अनुसन्धान र छानबिनका प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सत्य तथ्य चाँडै सार्वजनिक हुनेमा विश्वास व्यक्त गरे।

राजगढ गाउँपालिका–२ कमलपुरका लालु यादवको गत हप्ता गोली लागी मृत्यु भएको थियो। स्थानीयवासीले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै घटनापछि आक्रोश पोख्दै आएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १९:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !