सप्तरीमा करेन्ट लागेर ४२ वर्षीय इसर मृत्यु

सप्तरीमा करेन्ट लागेर ४२ वर्षीय इसर मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार ०९:१८
सप्तरीमा करेन्ट लागेर ४२ वर्षीय इसर मृत्यु

सप्तरी : सप्तरीमा करेन्ट लागेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।

रुपनी गाउँपालिका– ३ कटैयाका शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

ADVERTISEMENT

प्रहरीका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा विद्युत् मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ०९:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !