लोसपाबाट निष्कासित युवा नेता गुप्ताको प्रतिक्रिया : “सही समयपछि पत्रकार सम्मेलनमार्फत आउँछु”

लोसपाबाट निष्कासित युवा नेता गुप्ताको प्रतिक्रिया : “सही समयपछि पत्रकार सम्मेलनमार्फत आउँछु”
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार ११:५२
लोसपाबाट निष्कासित युवा नेता गुप्ताको प्रतिक्रिया : “सही समयपछि पत्रकार सम्मेलनमार्फत आउँछु”

रुपन्देही : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निष्कासित भएका केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले आफू अहिले केही विशेष कामले जिल्ला बाहिर रहेको बताएका छन्।

गुप्ताले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफू सही समय आएपछि पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा सार्वजनिक गर्ने बताएका छन्। उनले लेखेका छन्, “म केही काम विशेषले जिल्ला बाहिर छु, सही समय आएपछि पत्रकार सम्मेलनमार्फत हजुरहरूका माझमा आउनेछु।”

ADVERTISEMENT

पार्टीबाट निष्कासनलगत्तै जारी वक्तव्यमा उनले शुभचिन्तकहरूले देखाएको आत्मियता र साथप्रति आभार प्रकट गरेका छन्। “सम्पूर्ण शुभचिन्तकहरूमा तपाईंहरूले देखाउनु भएको आत्मियताका लागि आभार प्रकट गर्दछु,” उनले भनेका छन्।

वक्तव्यको अन्त्यमा उनले “जय देश, जय मधेस” भन्दै आफ्नो पहिचान खुलाएका छन्।

गुप्तालाई पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै बुधबार लोसपाले निष्कासन गरेको थियो। पार्टी अध्यक्ष महन्त ठाकुरले विज्ञप्ति जारी गर्दै गुप्तालाई पार्टीको प्रतिष्ठामा आँच आउने र पदीय मर्यादाविपरीत गतिविधि गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार ११:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !