यातायात कार्यालय जनकपुरबाट एक वर्षमा ६६ करोड बढी राजस्व संकलन

यातायात कार्यालय जनकपुरबाट एक वर्षमा ६६ करोड बढी राजस्व संकलन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ११, आईतवार १०:२८
यातायात कार्यालय जनकपुरबाट एक वर्षमा ६६ करोड बढी राजस्व संकलन

जनकपुरधाम : यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा कुल रू. ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार चालू आवमा चालक अनुमति पत्र (लाइसेन्स) वितरण, नवीकरण, जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारीसाधन नवीकरण, रुट परमिट, नामसारी र पटकेलगायत विभिन्न शीर्षकबाट राजस्व संकलन गरिएको हो।

ADVERTISEMENT

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहका अनुसार विद्युत् आपूर्ति समस्याका कारण सेवा प्रवाहमा समस्या हुँदै आएकोमा अहिले सोलार प्रणाली जडान गरिएकाले सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ।

गत वर्षको अवधिमा सरकारी, सार्वजनिक, भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना सवारी गरी जम्मा ८ हजार ५७ सवारीसाधनको दर्ता, नवीकरण तथा नामसारी प्रक्रिया सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

कार्यालयले डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई सहज सेवा दिने प्रयास गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गरिने जनाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार १०:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !