जनमत पार्टीद्वारा गैरआवासीय मधेसी संघको नयाँ समिति गठन स्थगित, लेबी उठाउन रोक

जनमत पार्टीद्वारा गैरआवासीय मधेसी संघको नयाँ समिति गठन स्थगित, लेबी उठाउन रोक
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ६, मंगलवार १८:३७
जनमत पार्टीद्वारा गैरआवासीय मधेसी संघको नयाँ समिति गठन स्थगित, लेबी उठाउन रोक

काठमाडौं : जनमत पार्टीले गैरआवासीय मधेसी संघ (एनआरएम)को अन्तर्राष्ट्रिय समिति गठन स्थगित गरेको छ।

मंगलबार जारी विज्ञप्तिमा पार्टीले संघको नाममा कुनै पनि लेबी वा चन्दा नउठाउन निर्देशन दिएको छ।

ADVERTISEMENT

“नयाँ समिति गठनसम्बन्धी अर्को सूचना प्रकाशित गरिनेछ। त्यससमयसम्म अन्तर्राष्ट्रिय समिति स्थगित नै रहनेछ,” विज्ञप्तिमा भनिएको छ।

जनमत पार्टीको वैशाख २८ गते बसेको सचिवालय बैठकले हालको समितिलाई भंग गर्ने निर्णय गरेको थियो। त्यही बैठकले नयाँ समिति बनाउने निर्णयसमेत गरेको थियो। तर आवश्यक तयारी नपुगेका कारण अहिलेका लागि प्रक्रिया स्थगित गरिएको जनमत पार्टीका उपाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

गैरआवासीय मधेसी संघमा आर्थिक अनियमितता भएको भन्ने विवादपछि समिति भंग गरिएको हो। पार्टीले आर्थिक कारोबारसमेत पूर्णरूपमा रोक लगाएको छ। संघको नाममा लेबी वा चन्दा उठाएमा कडा कारबाही हुने चेतावनी दिइएको छ।

“केन्द्रमा विवाद चलिरहेका बेला कुनै किसिमको चलखेल नहोस् भनेर कार्यसमिति नै भंग गरिएको हो,” जनमत पार्टीले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार १८:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !