कमला नगरपालिकामा चेक वितरण प्रकरण : वडाध्यक्ष यादवले मेयरको मौनतामाथि उठाए प्रश्न

कमला नगरपालिकामा चेक वितरण प्रकरण : वडाध्यक्ष यादवले मेयरको मौनतामाथि उठाए प्रश्न
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार १५:५२
कमला नगरपालिकामा चेक वितरण प्रकरण : वडाध्यक्ष यादवले मेयरको मौनतामाथि उठाए प्रश्न

जनकपुरधाम : चेक वितरणसम्बन्धी विवाद चुलिँदै जाँदा कमला नगरपालिका–१ का वडाध्यक्ष सर्वदेव यादवले कडा प्रतिक्रिया दिएका छन्। उनले पालिकाका योजनासम्बन्धी चेक जनकपुरमै वितरण हुनुको कारणबारे प्रश्न उठाउँदै स्पष्ट र निष्पक्ष छानबिनको माग गरेका छन्।

वडाध्यक्ष यादवले भने, “यदि ती चेक शिक्षा सम्बन्धी योजनाका लागि वितरण गरिएका हुन् भने, वितरण स्थल जनकपुर किन तोकियो? त्यति बेला नगरप्रमुख बिशेश्वर प्रसाद यादव किन मौन बसे? किन रोक लगाएनन्? मासा आइसकेको दिन चेक काट्नका लागि जनप्रतिनिधिहरू गाउँ छोडेर जनकपुरमै किन थिए?”

ADVERTISEMENT

उनले चेक वितरणमा गम्भीर अनियमितताको आशंका व्यक्त गर्दै भने, “यदि मेरा भनाइहरू झुटा छन् भने, छानबिन समिति गठन गरियोस्। दोषी जो भए पनि कानुनी कारबाही होस्। म यो विषयमा सार्वजनिक रूपमा टेबल टक गर्न तयार छु। पहल गरियोस्।”

विवादित चेक वितरण कमला नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का सम्पन्न योजनाहरूको भुक्तानीसँग सम्बन्धित रहेको बताइएको छ। तर, काम सम्पन्न हुनु अघि नै कमिसन असुलिएको आरोप समेत सार्वजनिक भइरहेका छन्। वितरण प्रक्रियामा देखिएको असमानता, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावप्रति वडाध्यक्ष यादवको यस्तो कडा टिप्पणी आएपछि विवाद झनै चर्किएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १५:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !