संशोधनमाथि शेखर कोइरालाको आपत्ति : “एमालेको दोहोरो चरित्र, गठबन्धनलाई धोका”

संशोधनमाथि शेखर कोइरालाको आपत्ति : “एमालेको दोहोरो चरित्र, गठबन्धनलाई धोका”
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार २०:३६
संशोधनमाथि शेखर कोइरालाको आपत्ति : “एमालेको दोहोरो चरित्र, गठबन्धनलाई धोका”

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयकमा हालेको संशोधनप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले गठबन्धनका दलहरूबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिपछि पनि एमाले सांसदहरूबाट संशोधन हालेको घटनालाई “आपत्तिजनक” मात्र नभई “गठबन्धनप्रति धोका” भएको दाबी गरेका छन्।

ADVERTISEMENT

“यो एमालेको दोहोरो चरित्र हो। उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दिएको छ,” कोइरालाले भने, “यस्तो व्यवहार आपत्तिजनक मात्र होइन, अक्षम्य हो।”

उनका अनुसार गठबन्धनमा सहमति जुटिसकेको विषयमा संशोधन हालेर एमालेले असल नियत देखाउन सकेन। उनले यस विषयमा नेपाली कांग्रेसले एमालेसँग स्पष्ट र आधिकारिक धारणा माग गर्नुपर्ने धारणा राखे।

“एमालेको संशोधन पास हुन दिनु हुँदैन। सबै मिलेर त्यसलाई रोकिनुपर्छ,” उनले भने, “कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ।”

कोइरालाले लोकतान्त्रिक मूल्यमान्यता र गठबन्धनको आधारमा सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार २०:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !