‘६० प्रतिशत सांसद साथमा छन्’ – सांसद शर्माको दाबी, कोइरालाको नेतृत्वमा सरकार परिवर्तनको संकेत

‘६० प्रतिशत सांसद साथमा छन्’ – सांसद शर्माको दाबी, कोइरालाको नेतृत्वमा सरकार परिवर्तनको संकेत
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार १८:४२
‘६० प्रतिशत सांसद साथमा छन्’ – सांसद शर्माको दाबी, कोइरालाको नेतृत्वमा सरकार परिवर्तनको संकेत

काठमाडौँ : नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले नेता शेखर कोइराला आफ्ना निकट मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे छलफलमा व्यस्त रहेको बताएका छन्।

आइतवार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले कोइराला पक्षधर सांसदहरूसँगको भेटमा केन्द्र र प्रदेश सरकारमा रहेका आफ्ना समर्थक मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल भएको जानकारी दिए।

ADVERTISEMENT

‘हाम्रा जति पनि साथीहरू केन्द्र वा प्रदेशस्तरमा मन्त्रिमण्डलमा हुनुहुन्छ, सबैलाई फिर्ता बोलाउनेसम्म पनि जान सक्छ,’ शर्माले भने, ‘त्यसैका लागि एक-दुई दिन लाग्छ। अहिले देश रोएको अवस्था छ।’

उनका अनुसार बैठकमा अन्तिम निष्कर्ष निस्कन नसकेको र अर्को चरणको छलफलपछि निर्णय लिने सहमति भएको छ। साथै, कोइरालाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने हो भने ६० प्रतिशत समर्थन पुग्ने दाबी पनि शर्माले गरेका छन्।

सांसद शर्माले यो वर्ष कम्पनी नवीकरणका लागि कसैलाई घुस नदिई काम सम्पन्न गरेको दाबीसमेत गरे। उनले वर्तमान सरकारले सुशासन दिन नसकेको र भ्रष्टाचार नियन्त्रणमा असफल भएको धारणा नेता शेखर कोइरालाले राख्दै आएको उल्लेख गरे।

यता प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र सत्तारुढ एमाले नेतृ विद्यादेवी भण्डारीसँग शेखर कोइरालाको भेटपछि सरकार परिवर्तनको चर्चा थप तीव्र बनेको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १८:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !