रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार १२:२१
रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

रौतहट : रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति ९ बजे घरभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि उनलाई तत्कालै परिवारका सदस्यले स्थानीय स्वास्थ्य संस्थामा लगेको र त्यहाँबाट गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याइएको थियो। तर, राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए।

ADVERTISEMENT

प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए। प्रहरीका अनुसार उनी केही समयदेखि पारिवारिक तनावमा थिए। यस्तै, जेठ अन्तिमतिर समाचारसँग सम्बन्धित विषयमा कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको प्रारम्भिक जानकारी प्रहरीलाई प्राप्त भएको छ। ती दुई कारणले उनी मानसिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १२:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !