धनुषामा ट्राफिक चेकजाँचमा कडाइ : हेल्मेट नलगाउने र तीन जना सवार गर्ने ४ चालकलाई कारबाही

धनुषामा ट्राफिक चेकजाँचमा कडाइ : हेल्मेट नलगाउने र तीन जना सवार गर्ने ४ चालकलाई कारबाही
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३, शनिबार २१:२३
धनुषामा ट्राफिक चेकजाँचमा कडाइ : हेल्मेट नलगाउने र तीन जना सवार गर्ने ४ चालकलाई कारबाही

जनकपुरधाम : धनुषाको शहिदनगर क्षेत्रमा शनिबार साँझ ट्राफिक प्रहरीले हेल्मेट नलगाउने र मोटरसाइकलमा तीन जना सवार हुने चार जनामाथि कारबाही गरेको छ।

इलाका प्रहरी कार्यालय यदुकूहा र अस्थायी ट्राफिक प्रहरी पोष्ट यदुकुहाको संयुक्त टोलीले बेलुका ७ बजेदेखि राति ९ बजेसम्म शहिदनगर नगरपालिका–३ र ६ को सिमानामा पर्ने यदुकूहा–तिनकौरिया सडकखण्डमा चेकजाँच चलाएको थियो।

ADVERTISEMENT

ट्राफिक पोष्ट यदुकुहाका इन्चार्ज कृष्णा नन्द सिंहका अनुसार ट्राफिक नियम उल्लंघन गरेको पाइएका चार मोटरसाइकल चालकलाई कारबाही गरिएको हो। ‘बिना हेल्मेट र तीन जना सवार अवस्थामा भेटिएका चालकहरूलाई ट्राफिक नियमविपरीत सवारी सञ्चालन गरेको आधारमा आवश्यक कारबाही गरिएको छ,’ इन्चार्ज सिंहले भने।

उनका अनुसार नियम उल्लंघन नगरे पनि सवारीसाधन चलाउने तरिकामा लापरवाही देखिएका करिब १५–२० जनालाई भने चेतावनी दिई सम्झाइबुझाई गरी छाडिएको छ।

‘रातिको समयमा दुर्घटनाको जोखिम उच्च हुने भएकाले चेकजाँचलाई कडाइका साथ अघि बढाएका छौं,’ सिंहले भने, ‘सडक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता चेकजाँचलाई निरन्तरता दिइनेछ।’

प्रहरीका अनुसार स्थानीय स्तरमा जनचेतनाको अभाव, ट्राफिक नियमप्रति बेवास्ता र हेल्मेट नलगाउने तथा मोटरसाइकलमा तीन जना सवार हुने प्रवृत्तिका कारण सडक दुर्घटना बढ्ने गरेका छन्। ट्राफिक प्रहरीले यस्ता जोखिम न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रमसहित नियमित चेकजाँच अभियानलाई अगाडि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार २१:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !