मधेशका मुख्यमन्त्री बन्न कृष्णा यादव पुगे अमरेश सिंहको चरणमा

मधेशका मुख्यमन्त्री बन्न कृष्णा यादव पुगे अमरेश सिंहको चरणमा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३, शनिबार १७:५८
मधेशका मुख्यमन्त्री बन्न कृष्णा यादव पुगे अमरेश सिंहको चरणमा

काठमाडौं : मधेश प्रदेशको सत्ता समीकरण फेरबदलको संकेत देखिएको छ। नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णा प्रसाद यादवले आफूलाई मुख्यमन्त्री बनाउन स्वतन्त्र सांसद अमरेश कुमार सिंहसँग सहयोगको याचना गरेका छन्।

विश्वसनीय स्रोतका अनुसार यादव र सिंहबीच काठमाडौंको भैंसेपाटीमा करिब डेढ घण्टा गोप्य भेटवार्ता भएको हो। उक्त भेटमा प्रदेशको वर्तमान राजनीतिक अवस्था, सम्भावित सरकार गठन र आगामी सत्ता समीकरणका विषयमा गम्भीर छलफल भएको स्रोतको दाबी छ।

ADVERTISEMENT

भेटका क्रममा यादवले सिंहलाई मुख्यमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका थिए। तर सांसद सिंहले तत्काल स्पष्ट प्रतिबद्धता जनाएनन्। उनले भने, “मधेशको हित र राजनीतिक प्राथमिकताबारे खुलेर छलफल गर्न तयार छु।”

हाल मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार रहेको छ, जसमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन्। तर यादव भने वर्तमान गठबन्धनप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक सत्ता समीकरणको खोजीमा सक्रिय रहेको स्रोतले बताएको छ।

नेता यादवले मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध सुरुदेखि नै असहयोग गर्दै आएको र सरकार गिराउने चेतावनीसमेत दिँदै आएको दाबी गरिएको छ। भैंसेपाटीमा भएको भेटवार्तालाई आगामी सत्ता फेरबदलको सम्भावित संकेतको रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार १७:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !