सप्तरीमा युवक र महिलाको शव झुण्डिएको अवस्थामा फेला

सप्तरीमा युवक र महिलाको शव झुण्डिएको अवस्थामा फेला
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३, शनिबार १३:४५
सप्तरीमा युवक र महिलाको शव झुण्डिएको अवस्थामा फेला

राजविराज : सप्तरी जिल्लाका दुई फरक स्थानमा शनिबार एक युवक र एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

अग्निसाइर वृष्णासवरण गाउँपालिका–४, बनौलीमा १९ वर्षीय अरबिन्द साह रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। स्थानियले शव देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएका थिए।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले घटनाको प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको जानकारी दिए।

यस्तै, राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा २९ वर्षीया रितु पौडेल आफ्नै कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसानपुरकी स्थायी बासिन्दा पौडेल राजविराजमा कृष्ण पोखरेलको घरमा डेरा गरी बस्दै आएकी थिइन्।

दुवै घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार १३:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !