पर्यटन विकास कार्यालय धनुषाका प्रमुख प्रसैलाले भुक्तानी अगाडिनै ७ प्रतिशत कमिसन असुली गर्दै

पर्यटन विकास कार्यालय धनुषाका प्रमुख प्रसैलाले भुक्तानी अगाडिनै ७ प्रतिशत कमिसन असुली गर्दै
मधेशपत्र मधेशपत्र २०८२ असार २४, मंगलवार १८:०८
पर्यटन विकास कार्यालय धनुषाका प्रमुख प्रसैलाले भुक्तानी अगाडिनै ७ प्रतिशत कमिसन असुली गर्दै

जनकपुरधाम : मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय धनुषाका प्रमुख रोहित प्रसैलामाथि योजनाको रकम भुक्तानीमा कमिसन असुली गरेको गम्भीर आरोप लागेको छ।

जनमत पार्टी निकट विद्यार्थी संगठन विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादवले प्रसैलाले चालु आर्थिक वर्षका योजनाहरूको भुक्तानी हुनु अघिनै ७ प्रतिशत कमिसन असुलेर मात्र भुक्तानी प्रक्रिया अघि बढाएको दाबी गरेका छन्।

ADVERTISEMENT

उनका अनुसार कार्यालयमा दर्ता भएका अधिकांश योजनाहरुमा निर्माण कार्य सम्पन्न भए पनि भुक्तानी दिनुअघि योजना कुल बजेटको ७ प्रतिशत ‘कमिसन’ अग्रिम मागिएको छ।

“आजभोलि राती १२ बजेसम्म मात्रै भुक्तानी हुनेछ, तर भुक्तानीका नाममा दलाली र कमिसनको खेल चलेको छ,” अध्यक्ष यादवले भने, “सार्वजनिक सेवा क्षेत्रमा यस्तो खुला लुटलाई सहन सकिँदैन।”

उनले मधेशपत्रसंग कुरा गर्दै पर्यटन विकास कार्यालय धनुषाका प्रमुख रोहित प्रसैलाविरुद्ध छानबिन र कारबाहीको मागसमेत गरेका छन्।

यस विषयमा प्रमुख रोहित प्रसैलाको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन।

प्रकाशित मिति: २०८२ असार २४, मंगलवार १८:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !