धनुषामा जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न

धनुषामा जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ असार १९, बिहीबार १७:१९
धनुषामा जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न

जनकपुरधाम : ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सडक सुरक्षामा नागरिक सहभागिता बढाउने उद्देश्यले धनुषामा ‘जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम’ सम्पन्न भएको छ।

दैनिक रूपमा बढ्दो सवारी चाप, दुर्घटनाको जोखिम र नियम उल्लंघनका घटनालाई ध्यानमा राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषा तथा मातहतका ट्राफिक इकाइहरूले बिहीबार विभिन्न विद्यालयका विद्यार्थी, सवारी चालक र सडक प्रयोगकर्तालाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरेका हुन्।

ADVERTISEMENT

कार्यक्रममा सहभागीहरूलाई सवारी चलाउँदा पालना गर्नुपर्ने आधारभूत ट्राफिक नियम, लेन प्रणाली, जिब्राक्रसिङ, संकेत चिह्नहरूको महत्वलगायतका विषयमा जानकारी दिइएको थियो। साथै, हेल्मेट तथा सिट बेल्टको अनिवार्यता, मादक पदार्थ सेवनपछि गाडी नचलाउनुपर्ने चेतावनीसमेत दिइएको थियो।

ट्राफिक प्रहरीका अनुसार, सडक प्रयोगकर्तामा नियमबारे सजगता बढे मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने भएकाले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइनेछ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, स्थानीयवासी, सार्वजनिक यातायातका चालक र सहचालकहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: २०८२ असार १९, बिहीबार १७:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !