जनमत पार्टीमा दुई नयाँ उपाध्यक्ष मनोनीत

जनमत पार्टीमा दुई नयाँ उपाध्यक्ष मनोनीत
मधेशपत्र मधेशपत्र २०८२ असार १७, मंगलवार १७:५८
जनमत पार्टीमा दुई नयाँ उपाध्यक्ष मनोनीत

काठमाडौं : जनमत पार्टीले दुई नेतालाई पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गरेको छ।

पार्टीको स्थायी समितिको निर्णय अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिकाका दानबहादुर चौधरी र सप्तरीको महादेवा गाउँपालिकाका डा. जयकान्त राउत उपाध्यक्षमा मनोनयन भएका हुन्।

ADVERTISEMENT

पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीका अनुसार राजनीतिक अनुभव र जनसमुदायमा प्रभावका आधारमा उनीहरूको नाम तय गरिएको हो।

वरिष्ठ नेता चौधरीको राजनीतिक यात्रा वि.सं. २०३९ सालमा गाउँको प्रधानपञ्चबाट सुरु भएको हो। उनी २०५६ सालमा नेकपा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि २०६४ मा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट संविधानसभा सदस्य बनेका थिए।

उनले उद्योग राज्यमन्त्री, सामान्य प्रशासन राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

त्यसैगरी, उपाध्यक्षमा मनोनीत डा. जयकान्त राउत पार्टीको राष्ट्रिय परिषद्का अध्यक्ष तथा संगठन विभाग प्रमुख हुन्। उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत भइसकेका छन्।

पार्टीले हालै उनलाई मधेश प्रदेशका आठवटै जिल्लामा संघीय निर्वाचन क्षेत्रस्तरीय राष्ट्रिय परिषद् समन्वय बैठक र नेताकार्यकर्ता प्रशिक्षण कार्यक्रमको जिम्मेवारी दिएको थियो।

उनले उक्त कार्यक्रम सम्पन्न गरेपछि मधेश प्रदेशमा संगठन विस्तारको कामले गति लिएको पार्टीले जनाएको छ।
पार्टीका एक नेताका अनुसार, “डा. राउतको प्रशिक्षणपछि नेताकार्यकर्ताहरु हौसलाका साथ संगठन विस्तारमा जुटेका छन्।”

प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १७:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !