उपनिर्वाचनको तयारी, छुटेकाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

उपनिर्वाचनको तयारी, छुटेकाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
मधेशपत्र मधेशपत्र २०८२ असार १२, बिहीबार १४:११
उपनिर्वाचनको तयारी, छुटेकाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

काठमाडौं : पछिल्लो स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भएको केही समय बितिसकेको छ। यद्यपि, विभिन्न कारणले केही पद रिक्त भएका छन्। ती रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारीका बीच निर्वाचन आयोग, नेपालले छुटेका नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ।

निर्वाचन आयोगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका योग्य नेपाली नागरिकहरूलाई छिटोभन्दा छिटो नाम दर्ता गराउन अनुरोध गरेको हो।

ADVERTISEMENT

आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा स्पष्ट भनिएको छ कि “निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन।”

त्यसैले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ।

“निर्वाचनको मिति घोषणा भएपश्चात मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले हालसम्म नाम दर्ता नगरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यथासक्य चाँडो निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न आयोग हार्दिक अनुरोध गर्दछ,” आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले विज्ञप्तिमार्फत् बताएका छन्।

आयोगले निकट भविष्यमा उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको पनि जनाएको छ।

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १४:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !