सप्तरीको बलान बिहुल गाउँपालिकाले ल्यायो ५४ करोडको बजेट

सप्तरीको बलान बिहुल गाउँपालिकाले ल्यायो ५४ करोडको बजेट
मधेशपत्र मधेशपत्र २०८२ असार ११, बुधबार १२:१९
सप्तरीको बलान बिहुल गाउँपालिकाले ल्यायो ५४ करोडको बजेट

जनकपुरधाम : सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड ३८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १२औं गाउँसभा सोमबार सम्पन्न भएको हो।

सभामा गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले कृषक र किसानहरूको आवश्यकतालाई बुझेर वस्तुपरक र परिणाममुखी कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याउँदै, किसान समूहहरूको गठनमा प्राथमिकता दिनुपर्ने बताए।

ADVERTISEMENT

“रासायनिक मलको विकल्पमा प्राङ्गारिक तथा जैविक मलको प्रयोग विस्तार गरिनेछ,” उनले भने, “एक गाउँ, एक उत्पादन नीति ल्याएर स्थानीय उत्पादन प्रवर्द्धन गरिनेछ।”

गाउँपालिकाकी उपाध्यक्ष रेणु यादवले कृषि सिँचाइमा सहजता ल्याउन विद्युतीय पोल जडान थालिएको जानकारी दिइन्। साथै, सूचना पहुँच बढाउन गाउँगाउँमा निःशुल्क वाईफाई जडानको काम पनि अघि बढेको बताइन्।

गाउँसभा कार्यक्रममा वडाध्यक्षहरू बिनदेश्वर यादव, सुरूज दास, रामकुमार यादव, इन्द्रेव यादव, राजकिशोर यादव, सदस्य सरस्वती यादव, अधिकृत रमेश यादव, बुद्धिजीवी, पत्रकार र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

सभामा प्रस्तुत बजेटमार्फत कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ। गाउँपालिकाले स्थानीय आवश्यकता अनुसार योजना निर्माण गरी पारदर्शी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति: २०८२ असार ११, बुधबार १२:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !