कार्यसम्पादन मूल्याङ्कन फाराम २५ गतेभित्र बुझाउन बलान बिहुल गाउँपालिकाको निर्देशन

कार्यसम्पादन मूल्याङ्कन फाराम २५ गतेभित्र बुझाउन बलान बिहुल गाउँपालिकाको निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार १५:४८
कार्यसम्पादन मूल्याङ्कन फाराम २५ गतेभित्र बुझाउन बलान बिहुल गाउँपालिकाको निर्देशन

सप्तरी : जिल्लाको बलान बिहुल गाउँपालिकाले आफ्ना मातहत रहेका करार, ज्यालादारी तथा अस्थायी सेवा करारमा कार्यरत कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कन फाराम पेश गर्न निर्देशन दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले जारी गरेको सूचनामा अस्थायी सेवामा रहेका कर्मचारीहरूलाई आगामी असार २५ गतेभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम अनिवार्य रूपमा बुझाउन भनिएको छ।

ADVERTISEMENT

गाउँपालिका अन्तर्गतका वडा कार्यालय, शाखा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई यो सूचना लागू हुने जनाइएको छ। मूल्याङ्कन फाराम समयमै पेश नगर्ने कर्मचारीको भविष्यको सेवा निरन्तरतासम्बन्धी प्रक्रिया प्रभावित हुन सक्ने गाउँपालिका स्रोतको भनाइ छ।

“आदेशअनुसार असार २५ गतेभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम पेश गर्नु हुन जानकारी गराइन्छ,” सूचनामा उल्लेख छ।

गाउँपालिकाले कर्मचारीहरूको कार्यदक्षता, जिम्मेवारीप्रतिको निष्ठा र समग्र प्रदर्शनको आधारमा मूल्याङ्कन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। मूल्याङ्कनको आधारमा करार नवीकरण, सेवा विस्तार तथा अन्य प्रशासनिक निर्णय हुने बताइएको छ।

स्थानीय तहमा कर्मचारी व्यवस्थापन प्रभावकारी बनाउन र सेवा प्रवाहमा पारदर्शिता कायम गर्न कार्यसम्पादन मूल्याङ्कनलाई सशक्त उपकरणका रूपमा प्रयोग गर्ने गाउँपालिकाको उद्देश्य रहेको बुझिएको छ।

यसका लागि गाउँपालिकाले सबै सम्बन्धित निकाय र कर्मचारीहरूलाई तोकिएको म्यादभित्र फाराम बुझाउन पुनः आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १५:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !