इजरायली आक्रमणमा ९ जनाको मृत्यु भएको इरानको दाबी

इजरायली आक्रमणमा ९ जनाको मृत्यु भएको इरानको दाबी
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार १५:००
इजरायली आक्रमणमा ९ जनाको मृत्यु भएको इरानको दाबी

काठमाडौं : इरानको उत्तरी क्षेत्रमा मंगलबार बिहान भएको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने चार घर ध्वस्त भएको इरानका स्थानीय अधिकारीहरूले बताएका छन्।

इरानको गिलान प्रान्तको गभर्नरको कार्यालयले अस्तानेह-ये अशरफियाह शहरमा भएको आक्रमणमा ३३ जना घाइते भएको र यसलाई “आतंकवादी” आक्रमणको संज्ञा दिएको छ।

ADVERTISEMENT

इरानी मिडिया रिपोर्टका अनुसार आक्रमणको पछाडि इजरायलको हात छ। गिलानका उप-गभर्नरले मारिएका वा घाइते हुनेहरूमा १६ महिला र बालबालिका रहेको बताएका छन्।

केही मिडिया रिपोर्टहरूका अनुसार, “मर्नेहरूमा आणविक वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि छन्। इजरायली सेनाले रातमा एक वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको पनि उल्लेख गरेको छ।”

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १५:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !