मथिलेश्वरमा सडक ढलानको शिलान्यास, पूर्वमन्त्री त्रिभुवन साहको पहलमा काम सुरु

मथिलेश्वरमा सडक ढलानको शिलान्यास, पूर्वमन्त्री त्रिभुवन साहको पहलमा काम सुरु
मधेशपत्र मधेशपत्र २०८२ असार ५, बिहीबार २१:१२
मथिलेश्वरमा सडक ढलानको शिलान्यास, पूर्वमन्त्री त्रिभुवन साहको पहलमा काम सुरु

सिरहा : सिरहाको मिर्चैया नगरपालिका–१०, मथिलेश्वरमा सडक ढलान कार्यको शिलान्यास गरिएको छ। पूर्व वन तथा वातावरण मन्त्री त्रिभुवन साहको पहलमा प्राप्त बजेटबाट सडक निर्माणको काम सुरु गरिएको हो।

शुक्रवार आयोजित कार्यक्रममा पूर्वमन्त्री साहले ढलान कार्यको शिलान्यास गरे। कार्यक्रममा प्रदेशसभा सदस्य भाग्यश्री चौधरी, वडा अध्यक्ष लोटन मण्डल, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य निर्मल मण्डल, स्थानीय नेताहरू, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति थियो।

ADVERTISEMENT

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले जनताको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै विकास निर्माणलाई प्राथमिकता दिइएको बताए। “मथिलेश्वर मात्र होइन, समग्र क्षेत्रमा विकासका लहर ल्याएका छौं,” उनले भने, “स्थानीय आवश्यकता अनुसारका पूर्वाधार निर्माणमा निरन्तर सक्रिय रहन्छु।”

स्थानीय जनप्रतिनिधिहरू र नागरिकहरूले पूर्वमन्त्री साहप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता विकास निर्माणका काममा निरन्तर साथ दिन आग्रह गरेका छन्।

सडक ढलान कार्य सम्पन्न भएपछि मथिलेश्वर क्षेत्रमा आवागमन सहज हुने, व्यापार–व्यवसाय र जनजीवनमा सुधार आउने अपेक्षा गरिएको छ। स्थानीयवासीले यसलाई विकासको संकेतका रूपमा लिएका छन्।

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार २१:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !