भारतको केदारनाथ हेलिकप्टर दुर्घटनाप्रति मुख्यमन्त्री सिंहले गरे दुःख व्यक्त

भारतको केदारनाथ हेलिकप्टर दुर्घटनाप्रति मुख्यमन्त्री सिंहले गरे दुःख व्यक्त
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १६:२८
भारतको केदारनाथ हेलिकप्टर दुर्घटनाप्रति मुख्यमन्त्री सिंहले गरे दुःख व्यक्त

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको उत्तराखण्डस्थित केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

आइतबार बिहान भएको उक्त दुर्घटनामा ७ जनाको निधन भएको समाचारप्रति मर्माहित भएको भन्दै मुख्यमन्त्री सिंहले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

ADVERTISEMENT

साथै, उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यो कठिन घडीमा परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

‘मित्रराष्ट्र भारतको केदारनाथमा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको निधन भएको खबरले मर्माहत बनाएको छ,’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दछु। यस दुःखद घडीमा परिवारजनलाई धैर्य र शक्ति मिलोस् भन्ने कामना गर्दछु।’

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त उक्त हेलिकप्टरमा एक बालबालिकासहित सात जना सवार थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति: २०८२ असार १, आईतवार १६:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !