मधेश सरकारको बजेट आउन २ दिन बाकी, अन्तिम तयारीमा जुट्यो प्रदेश सरकार

मधेश सरकारको बजेट आउन २ दिन बाकी, अन्तिम तयारीमा जुट्यो प्रदेश सरकार
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३०, शुक्रबार २१:१२
मधेश सरकारको बजेट आउन २ दिन बाकी, अन्तिम तयारीमा जुट्यो प्रदेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अहिले बजेट निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सरकारका अनुसार यसपटकको बजेटमा विभिन्न सरोकारवालाबाट प्राप्त राय, सुझाव र सल्लाहलाई समेट्ने प्रयास गरिएको छ। बजेटमा केही नयाँ र विशेष कार्यक्रम तथा योजनाहरू समेटिने संकेत पनि दिइएको छ।

ADVERTISEMENT

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुशवाहाले आउँदै गरेको बजेटलाई समावेशी र विकासमुखी बनाउन मन्त्रालयबीचको समन्वयलाई सशक्त बनाइएको बताए।

उनले भने, “सबै क्षेत्रका आवश्यकतालाई ध्यानमा राखेर यसपटकको बजेट निर्माण गरिएको छ। केही नयाँ र विशेष घोषणा पनि हुनेछ।”

मन्त्री कुशवाहाका अनुसार पर्यटन प्रवर्द्धन, औद्योगिक पूर्वाधार, लगानी प्रोत्साहन र रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार २१:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !