एयर इन्डियाको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सिंह दुःखी

एयर इन्डियाको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सिंह दुःखी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २९, बिहीबार १८:०२
एयर इन्डियाको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सिंह दुःखी

जनकपुरधाम : भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई १७१ विमान दुर्घटनाप्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दुःख व्यक्त गरेका छन्।

दुर्घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री सिंहले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, दुर्घटनाबाट प्रभावित परिवारहरूप्रति सहानुभूति र समवेदना प्रकट गरेका छन्।

ADVERTISEMENT

‘भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई १७१ विमान दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी छु,’ उनले लेखेका छन्, ‘दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै, प्रभावित परिवारप्रति सहानुभूति र समवेदना व्यक्त गर्दछु।’

एआई १७१ विमान दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १८:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !