मधेश प्रदेशका तीन पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेश प्रदेशका तीन पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २६, सोमबार १७:४२
मधेश प्रदेशका तीन पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : विज्ञापन प्रकाशन नगरी झुटा विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले तथा रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बगाले र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवसहित पालिकाका तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ADVERTISEMENT

रौतहटको फतुवा विजयपुर नगरपालिका(४ स्थित कृषकलाई औषधि स्प्रे ट्यांकी वितरणमा अनियमितता गरेको आरोपमा उजुरी परेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । ट्यांकी खरिदका लागि आह्वान गरिएको बोलपत्र सूचना पत्रिकामा प्रकाशित गरेको देखाएर पत्रकार र कर्मचारीको मिलेमतोमा सूचनै प्रकाशित नगरी रकम भुक्तानी लिएको खुलेको थियो ।

भुक्तानीका लागि काटिएको चेकमा उल्लेख भएको नामसमेत केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने कार्य गरेको अख्तियारले फेला पारेको थियो ।

प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी १ लाख ७२ हजार ८२५ रुपैयाँ जनसवाल राष्ट्रिय दैनिकलाई र ३९ लाख ४ सय तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार १७:४२

तपाईको प्रतिक्रिया !