‘तराई–मधेश समृद्धि कार्यक्रममार्फत विकास अघि बढाएका छौं’

‘तराई–मधेश समृद्धि कार्यक्रममार्फत विकास अघि बढाएका छौं’
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २५, आईतवार २२:१६
‘तराई–मधेश समृद्धि कार्यक्रममार्फत विकास अघि बढाएका छौं’

वीरगञ्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सरकारले तराई–मधेश समृद्धि कार्यक्रममार्फत मधेशका विभिन्न जिल्लामा विकास निर्माणका काम अघि बढाइरहेको बताएका छन्।

शनिबार सखुवाप्रसौनी गाउँपालिका–५ मा ढलान सडकको शिलान्यास गर्दै मन्त्री गुप्ताले सीमान्तकृत समुदायको विकास र समृद्धिका लागि आफू सक्रिय रहेको बताए।

ADVERTISEMENT

“भूमिहीन र विपन्न समुदायको जीवस्तर उकास्न आवश्यक कामहरू भइरहेका छन्,” मन्त्री गुप्ताले भने, “यस्ता कार्यक्रमबाट यहाँका समुदायको हित संरक्षण र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।”

मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिका–४ मा करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने ढलान सडकको पनि शिलान्यास गरे। त्यसैगरी, सोही गाउँपालिकामा निर्माणाधीन खेलकुद मैदानको समेत शिलान्यास गरिएको छ।

उनका अनुसार ‘तराई–मधेश समृद्धि कार्यक्रम’ अन्तर्गत सडक, विद्यालय, स्वास्थ्य चौकी, पुल, कल्भर्ट, सुकुम्वासी सामूहिक आवास, विभिन्न जातजातिको संस्कृति संरक्षणका लागि सामुदायिक भवनलगायत संरचना निर्माण भइरहेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार २२:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !