धनुषाबाट १५ लाख बराबरको अवैध लत्ताकपडा बरामद

धनुषाबाट १५ लाख बराबरको अवैध लत्ताकपडा बरामद
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २२, बिहीबार २३:३०
धनुषाबाट १५ लाख बराबरको अवैध लत्ताकपडा बरामद

जनकपुरधाम : सशस्त्र प्रहरीले धनुषाको धनौजी गाउँपालिका–१ लखौरी क्षेत्रबाट अवैध रूपमा तस्करी गरिँदै गरेको करीब १५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिनमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल गण नं. ८ हेक्वा, धनुषाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त लत्ताकपडा नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

सशस्त्र प्रहरी डिएसपी दिनेश शर्माको कमाण्डमा खटिएको ४६ जनाको टोलीले सीमावर्ती क्षेत्रमा निगरानी गर्दै जाँदा लखौरी इलाकाबाट ती सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद लत्ताकपडाको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्र हुँदै भइरहेको अबैध कारोबार नियन्त्रण गर्न नियमित गस्ती, निगरानी तथा विशेष अपरेसन जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार २३:३०

तपाईको प्रतिक्रिया !