सरोकारवालासँग सुझाव लिँदै मधेशका वन मन्त्रालय

सरोकारवालासँग सुझाव लिँदै मधेशका वन मन्त्रालय
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार १६:१०
सरोकारवालासँग सुझाव लिँदै मधेशका वन मन्त्रालय

जनकपुरधाम : मधेश प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट तयारीको सन्दर्भमा सरोकारवालासँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार धनुषाको लालगढस्थित गौतम होटेलमा आयोजना गरिएको कार्यक्रममा मन्त्रालयले विभिन्न स्थानीय तहका प्रतिनिधि, वातावरणविद्, सामुदायिक वन उपभोक्ता, पत्रकार लगायत सरोकार निकायहरूसँग प्रत्यक्ष संवाद गर्दै आगामी नीतिनिर्माणका लागि सुझाव लिएको हो।

ADVERTISEMENT

कार्यक्रममा सहभागीहरूले वन संरक्षण, वातावरणीय सुधार, जलवायु परिवर्तनको असर न्यूनीकरण, सामुदायिक वनको दिगो व्यवस्थापनलगायतका विषयमा आफ्नो धारणा राखेका थिए।

मन्त्रालयका अधिकारीहरूले सरोकारवालाबाट प्राप्त सुझावहरू आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने बताएका छन्।

मधेश प्रदेशमा वातावरणीय समस्या दिनानुदिन चुलिंदै गइरहेको सन्दर्भमा मन्त्रालयले आयोजना गरेको सुझाव संकलन कार्यक्रमले नीति निर्माणलाई व्यवहारिक र सहभागीमुखी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १६:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !