अस्पतालले भन्यो : ‘आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ’

अस्पतालले भन्यो : ‘आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ’
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १६, शुक्रबार २२:४१
अस्पतालले भन्यो : ‘आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ’

काठमाडौं : मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालले प्रारम्भिक परीक्षण तथा एमआरआई जाँचबाट उनलाई एक्युट इस्केमिक स्ट्रोकु भएको पुष्टि भएको जनाएको छ । उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

ADVERTISEMENT

हालसम्म उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र अस्पतालको आइसियु विभागमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखेर उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले सबै शुभेच्छुक तथा सञ्चारकर्मीहरूलाई अस्पतालको आधिकारिक विज्ञप्तिलाई मात्र प्रमाणिक जानकारीको आधार मानेर समाचार प्रकाशन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार २२:४१

तपाईको प्रतिक्रिया !