मधेश प्रदेश सभाको पाँचौं अधिवेशन जेष्ठ २१ गतेदेखि सुरु हुने

मधेश प्रदेश सभाको पाँचौं अधिवेशन जेष्ठ २१ गतेदेखि सुरु हुने
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १४, बुधबार १७:१९
मधेश प्रदेश सभाको पाँचौं अधिवेशन जेष्ठ २१ गतेदेखि सुरु हुने

जनकपुरधाम : मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आगामी जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट जेष्ठ ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकको निर्णयका आधारमा प्रदेश सभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन्।

ADVERTISEMENT

नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको जनाइएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, “माननीय प्रदेश प्रमुखज्यूबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेष्ठ ११ गतेको बैठकबाट प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विक्रम सम्बत् जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट लागू हुने गरी मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

यस अधिवेशनमा आगामी आर्थिक वर्षको बजेटसहित विभिन्न विधेयकहरू पेस गरिने अपेक्षा गरिएको छ। प्रदेश सरकार र विपक्षी दलहरूबीच नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल पनि तीव्र हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १७:१९

तपाईको प्रतिक्रिया !