पत्रकार खत्रीको आरोप- ‘कांग्रेस नै राज्यको पर्यायजस्तो देखिन थालेको छ’

पत्रकार खत्रीको आरोप- ‘कांग्रेस नै राज्यको पर्यायजस्तो देखिन थालेको छ’
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार १७:१२
पत्रकार खत्रीको आरोप- ‘कांग्रेस नै राज्यको पर्यायजस्तो देखिन थालेको छ’

काठमाडौं : चर्चित पत्रकार राजीव खत्रीले नेपाली कांग्रेस पार्टीमाथि राज्यका अंगहरूमा अत्यधिक हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खत्रीले भने, “यतिबेला कांग्रेसीहरू ‘कांग्रेस नै राज्य, राज्य नै कांग्रेस’ भन्ने मानसिकतामा पुगेका छन्।”

ADVERTISEMENT

उनले हालैको एक मुद्दालाई उदाहरण दिँदै कांग्रेस नेता रमेश लेखकलाई अदालतले सफाइ दिनुमा राजनीतिक प्रभाव देखिएको बताए।

“कांग्रेस नै प्रहरी, कांग्रेस नै अदालत, कांग्रेस नै न्यायाधीश बनेको अवस्थामा सानेपाको अदालतले फैसला सुनाएपछि रामशाहपथस्थित अदालतको बोल्ने जरुरी नै परेन,” खत्रीको भनाइ छ।

उनका अनुसार लोकतान्त्रिक व्यवस्था भन्दा पनि अधिनायकवादी प्रवृत्ति बलियो हुँदै गएको संकेत देखिएको छ। “यतिबेला नेपाली जनताले अधिनायकवाद सहनु परिरहेको छ,” खत्रीले भने।

खत्रीको यो टिप्पणी पछिल्लो समय राज्यका विभिन्न निकायहरूमा पार्टीगत प्रभावबारे उठेका बहसबीच आएको हो।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १७:१२

तपाईको प्रतिक्रिया !