महेशको पहलमा राजविराजको जेलघाट क्षेत्रमा नालासहित आरसीसी सडक निर्माण सुरु

महेशको पहलमा राजविराजको जेलघाट क्षेत्रमा नालासहित आरसीसी सडक निर्माण सुरु
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार १६:४८
महेशको पहलमा राजविराजको जेलघाट क्षेत्रमा नालासहित आरसीसी सडक निर्माण सुरु

जनकपुरधाम : सप्तरीको राजविराज नगरपालिका–६ स्थित जेलघाट क्षेत्रमा नालासहित आरसीसी ढलान सडक निर्माण कार्य सुरु गरिएको छ।

जनमत पार्टीका संसदीय दलका नेता तथा पूर्व शिक्षामन्त्री महेश प्रसाद यादवले मंगलबार उक्त सडक निर्माणको शिलान्यास गरेका हुन्।

ADVERTISEMENT

पुर्वशिक्षामन्त्री यादवको पहलमा निर्माणकार्य अन्तर्गत अरविन्द राउतको घरदेखि प्रभा मण्डलको घरसम्म तथा महेन्द्र राउतको घरदेखि अरविन्द राउतको घरसम्मको सडकमा नालासहित आरसीसी ढलान भैरहेको छ।।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सडक निर्माणका लागि आवश्यक बजेट मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजन गरिएको जनाइएको छ।

पूर्वमन्त्री यादवले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सडकमा आरसीसी ढलान भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १६:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !