कमला नगरपालिका-९ मा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सञ्चालनमा

कमला नगरपालिका-९ मा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सञ्चालनमा
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ११, आईतवार २०:४३
कमला नगरपालिका-९ मा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सञ्चालनमा

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–९ मा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सञ्चालनमा आएको छ।

स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको चौकी तथा बर्थिङ सेन्टरको उद्घाटन नगरप्रमुख बिशेश्वर यादवले गरेका हुन्।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले दुबरकोट, हतलेटवा लगायत क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचार र सुत्केरी सेवाका लागि अन्य स्थान जानुपर्ने बाध्यता अन्त्य भएको बताए।

उनले स्वास्थ्य क्षेत्रको विकासमा पालिकाले आफ्नो क्षमताअनुसार राम्रो काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा शिक्षा र स्वास्थ्यलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार २०:४३
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !