वृद्धा महिलाको जीवन रक्षाका लागि सुरेन्द्र यादवद्वारा रक्तदान

वृद्धा महिलाको जीवन रक्षाका लागि सुरेन्द्र यादवद्वारा रक्तदान
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार १२:०७
वृद्धा महिलाको जीवन रक्षाका लागि सुरेन्द्र यादवद्वारा रक्तदान

जनकपुरधाम : सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–११ निवासी सामाजिक अभियन्ता सुरेन्द्र यादवले एक वृद्ध महिलाको जीवन रक्षाका लागि रक्तदान गरेका छन्।

लहानको एक नर्सिङ होममा उपचाररत ती वृद्ध महिलालाई रगतको अभावका कारण उपचारमा कठिनाइ भइरहेको सूचना पाएपछि यादवले तुरुन्तै रक्तदान गरेका हुन्।

ADVERTISEMENT

यादवको रक्तदानले महिलाको उपचारमा राहत पुगेको र चिकित्सकहरूले समयमै आवश्यक उपचार गर्न सकेको जनाइएको छ।

स्थानीय स्तरमा देखिएको मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण स्वरूप यादवको कार्यले सबैमा सकारात्मक सन्देश दिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १२:०७

तपाईको प्रतिक्रिया !