चुरे तथा वन-जंगल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिल यादवको कालो कर्तुत पर्दाफास

चुरे तथा वन-जंगल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिल यादवको कालो कर्तुत पर्दाफास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार १५:३८
चुरे तथा वन-जंगल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिल यादवको कालो कर्तुत पर्दाफास

जनकपुरधाम : चुरे तथा वन-जंगल संरक्षणको नाममा ‘ब्रह्मलुट’ मचाउँदै आएका चुरे तथा वन-जंगल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिल यादवका अनियमित क्रियाकलापहरू बाहिरिएका छन्।

अध्यक्ष यादवले मधेश प्रदेशका आठवटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखहरूसँग व्यापक रकम असुली गर्दै आएको तथ्य फेला परेको छ।

ADVERTISEMENT

डिभिजन वन कार्यालयका एक वरिष्ठ प्रमुखका अनुसार यादवले लामो समयदेखि वन अधिकृतहरूलाई डरधम्की देखाई लाखौं रुपैयाँको बार्गेनिङ गर्दै आएका छन्। ती अधिकारीका अनुसार यदि मागअनुसार पैसा नदिने हो भने, यादवले केही व्यक्तिहरूलाई उक्साएर सम्बन्धित कार्यालय वा कर्मचारीविरुद्ध आन्दोलन गराउने, विरोध प्रदर्शन गराउने जस्ता गतिविधि संचालन गर्दै आएका छन्।

“सुनिल यादव सधैं दबाबमा काम गराउने शैली अपनाउनुहुन्छ,” ती प्रमुखले भने, “पैसा माग्ने, नदिएपछि आन्दोलन उक्साउने—उहाँको यही पुरानो तरिका हो।”

यादवको यस्ता कार्यले वन संरक्षण क्षेत्रमा गम्भीर शंका उत्पन्न भएको छ भने सरकारी संयन्त्रमाथि नै प्रभाव पार्ने खतरा बढेको सरोकारवालाहरू बताउँछन्। अब यस विषयमा सम्बन्धित निकायहरूले छानबिन गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १५:३८

तपाईको प्रतिक्रिया !