७० वर्षको प्रतीक्षा समाप्त : सीके राउतद्वारा नालासहितको सडक शिलान्यास

७० वर्षको प्रतीक्षा समाप्त : सीके राउतद्वारा नालासहितको सडक शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ९, शुक्रबार २१:३२
७० वर्षको प्रतीक्षा समाप्त : सीके राउतद्वारा नालासहितको सडक शिलान्यास

राजविराज : सप्तरीको राजविराज नगरपालिका–६, लिलजा टोलका बासिन्दाले ७० वर्षको लामो प्रतीक्षा पछि सडक निर्माणको शुभारम्भ देख्न पाएका छन्।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनमत मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वशिक्षामन्त्री महेश प्रसाद यादवले शुक्रबार संयुक्त रूपमा सो सडकको शिलान्यास गरेका हुन्।

ADVERTISEMENT

कृष्णानन्द झाको घरदेखि संजीव चौधरीको घरसम्मको खण्डमा आरसीसी ढलानसहित नाला निर्माण हुने जनाइएको छ। कुल लागत ५० लाख रुपैयाँ रहेको निर्माण कार्य मधेस प्रदेश सरकारको बजेटबाट सम्पन्न गरिनेछ।

स्थानीयवासीले सडक नबन्दा वर्षायाममा हिलो र पानीका कारण हिँडडुलमा ठूलो समस्या भोग्दै आएका थिए। सडक निर्माणको शिलान्याससँगै टोलमा उत्सवमय माहोल छाएको छ। “दशकौंदेखि हामीले भोग्दै आएको सास्ती अब अन्त्य हुँदैछ,” एक स्थानीय बासिन्दाले भने।

नेता यादवले मधेशपत्रसंग कुरा गर्दै भने चुनावी प्रतिबद्धता बमोजिम योजनाहरू कार्यान्वयनमा ल्याइरहेको बताए। “स्थानीयको माग अनुसार प्रदेश सरकारसँग समन्वय गरेर काम सुरु गरेका छौँ,” उनले भने।

शिलान्यास कार्यक्रममा स्थानीय अगुवा, जनप्रतिनिधि र पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्थानीयहरू निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार २१:३२

तपाईको प्रतिक्रिया !