भूमिसम्बन्धी विधेयकमा मधेस केन्द्रित दलहरूको असहमति

भूमिसम्बन्धी विधेयकमा मधेस केन्द्रित दलहरूको असहमति
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ७, बुधबार १८:३२
भूमिसम्बन्धी विधेयकमा मधेस केन्द्रित दलहरूको असहमति

काठमाडौं : मधेस केन्द्रित ७ राजनीति दलको संघीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाएको छ।

जनमत पार्टीको केन्द्रीय कार्यालय बानेश्वरमा बुधबार बसेको मोर्चाको बैठकले भूमि व्यवस्था र भूमिसम्बन्धी अभिलेख राख्ने अधिकार संविधानले प्रदेशलाई दिएको अवस्थामा प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी सरकारले भूमिसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरेको भन्दै असहमति जनाएको हो।

ADVERTISEMENT

सरकारले ल्याएको विधेयक असंवैधानिक रहेकाले यसबाट भूमिहीनको समस्या हुन नसक्ने निष्कर्ष निकालिएको जनमतका प्रवक्ता डा. शरद यादवले जानकारी दिए। उक्त विधेयकले भूमाफियालाई मात्रै अत्याधिक लाभ पुग्ने उनले बताए। बैठकले उक्त विधेयक फिर्ता लिन माग गरेको उनले जानकारी दिए।

बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका सन्दर्भमा समेत छलफल भएको थियो। बैठकले आगामी बजेट जनसंख्या र मानव विकास सूचकाङ्कका आधारमा विनियोजन गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १८:३२

तपाईको प्रतिक्रिया !