महोत्तरीको हलखोरीमा एक करोडको सडक शिलान्यास

महोत्तरीको हलखोरीमा एक करोडको सडक शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ६, मंगलवार २०:३०
महोत्तरीको हलखोरीमा एक करोडको सडक शिलान्यास

महोत्तरी : जनमत पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले महोत्तरीको एकडारा गाउँपालिका–४, हलखोरीमा एक करोड लागतमा निर्माण हुने सडकको शिलान्यास गरेका छन्।

मंगलबार आयोजित कार्यक्रममार्फत ढलान सडकको शिलान्यास गरिएको हो।

ADVERTISEMENT

शिलान्यास कार्यक्रममा जनमत पार्टीका प्रदेश सांसद अनिता कुमार साह, जनमत पार्टी महोत्तरी इन्चार्ज बिरेन्द्र मण्डल , एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डल, उपाध्यक्ष, वडा अध्यक्ष, विभिन्न तहका पार्टी नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको उपस्थिति थियो।

सडक निर्माणले स्थानीय आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार २०:३०

तपाईको प्रतिक्रिया !