जनमत पार्टीका सहनी दम्पतीद्वारा एकैदिन पाँच योजना शिलान्यास

जनमत पार्टीका सहनी दम्पतीद्वारा एकैदिन पाँच योजना शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ५, सोमबार १७:२१
जनमत पार्टीका सहनी दम्पतीद्वारा एकैदिन पाँच योजना शिलान्यास

जनकपुरधाम : जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांस्कृतिक जनमत संघका केन्द्रीय अध्यक्ष सन्तोष राज सहनी र उनकी पत्नी सेलिना कुँवरले एकैदिन पाँच वटा योजनाको संयुक्त शिलान्यास गरेका छन्।

धनुषाको कमला नगरपालिका–२, सराबे टोलमा शहरी विकास मन्त्रालयबाट आएको ४० लाख रुपैयाँको बजेटबाट निर्माण हुने पाँच वटा सडक ढलान योजनाको सोमबार शिलान्यास गरिएको हो।

ADVERTISEMENT

पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी कुँवर सांस्कृतिक जनमत संघकी उपाध्यक्षको भूमिकामा पनि छन्। सहनी दम्पतीले सराबे टोलका विभिन्न गल्लीमा उक्त योजनाहरूको संयुक्त शिलान्यास गरेका हुन्।

सहनीका अनुसार कमला नगरपालिका–२ अन्तर्गतका विभिन्न टोलमा आवश्यकताको आधारमा योजना ल्याइएको हो। उनले तेलियाहा र सराबे क्षेत्रलाई प्राथमिकतामा राखी योजना सञ्चालन गरिएको बताए। यस आर्थिक वर्षमा करिब एक करोड रुपैयाँ बराबरको योजना आफूले कमलामा ल्याएको सहनीले दाबी गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार १७:२१

तपाईको प्रतिक्रिया !