मण्डल केवट सेवा आश्रमका अध्यक्ष बिपिन मण्डलद्वारा ३३ औं पटक रक्तदान

मण्डल केवट सेवा आश्रमका अध्यक्ष बिपिन मण्डलद्वारा ३३ औं पटक रक्तदान
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ४, आईतवार १३:३७
मण्डल केवट सेवा आश्रमका अध्यक्ष बिपिन मण्डलद्वारा ३३ औं पटक रक्तदान

जनकपुरधाम : मण्डल केवट सेवा आश्रम जनकपुरधामका अध्यक्ष बिपिन कुमार मण्डलले शनिबार राति ३३ औं पटक रक्तदान गरेका छन्।

एक सुत्केरी महिलाको आपतकालीन अपरेसनको लागि अत्यावश्यक (A – ) रगत समुहको आवश्यकता परेको खबर पाउने बित्तिकै अध्यक्ष मण्डलले तुरुन्तै मधेश रक्त सञ्चार केन्द्र, मुजेलियामा पुगेर रक्तदान गरेका हुन्।

ADVERTISEMENT

रक्तदानपछि अध्यक्ष मण्डलले भने, “समयमै रगत उपलब्ध नहुँदा धेरै बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आउँछ। म यस क्षेत्रका सबैलाई नियमित रक्तदान गर्न आह्वान गर्न चाहन्छु।”

उनी विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् र रक्तदानलाई जीवनदायी सेवा मान्ने गर्दछन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार १३:३७

तपाईको प्रतिक्रिया !