विज्ञानभन्दा पर रुढीवाद : अन्धविश्वासले ग्रसित नेपाली समाज र शासन प्रणाली

विज्ञानभन्दा पर रुढीवाद : अन्धविश्वासले ग्रसित नेपाली समाज र शासन प्रणाली
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ४, आईतवार १०:४८
विज्ञानभन्दा पर रुढीवाद : अन्धविश्वासले ग्रसित नेपाली समाज र शासन प्रणाली

• बेचन कुमार महतो

दुनियालाई हेर्ने र बुझ्‌ने दुई दृष्टीकोण छन्‌ः परम्परागत दृष्टीकोण र वैज्ञानिक दृष्टीकोण । रुढिवादी प्रथा मात्र परम्परा, आस्था वा अरुको देखासिखी अनुसार प्रचलित भएको हुन्छ । यसको कुनै वैज्ञानिक आधार हुँदैन । कुनै परम्परा, धारणा, विश्वास वा कार्य यदि मानव हितमा भएमा त्यसता गतिविधी उपर प्रश्न उठाउने कुनै तुक रहदैन तर जव कुनै क्रियाकलाप अवैज्ञानिक हुनुको साथ साथै मानव, समाज वा देशको लागि हानिकारक हुने भएमा वा रहेमा त्यसता क्रियाकलापहरु उपर प्रश्न मात्र होइन त्यसता अवाञ्छित गतिविधीहरु रोक्नु हामी सवैको मौलिक कर्तव्य पनि हुन्छ ।

ADVERTISEMENT

कुनै पनि घटनाक्रम उपर आँखा वन्द गरी विश्वास गर्नु, विना परिक्षण, विना तर्क वा विना प्रमाण कुनै कुरा वा घटानाक्रमलाई आस्था वा परम्पराको नाममा स्वीकार गर्नु अन्धविश्वास हो । अझ साम्प्रदायिक र भौगोलिक विविधता भएको नेपाली समाजमा रुढीवादी वुझाई अन्धश्रधा हो र परिवेशले स्थापित गर्नै पर्ने यस्तो अन्धश्रद्धा न व्यक्तिको हकमा न त समाज कै हितमा प्रवाहित हुन सक्दछ ।
जवरजस्ती गर्ने प्रयास गरिएमा यसले नकारात्मक उर्जा मात्रै प्रवाहित गर्ने गर्दछ । त्यही भएर हाम्रो समाज अलौकिक दुनिया प्रति निकै लालायित भएको देखिन्छ । आफ्‌नो समस्या समाधानको लागि अलौकिक शक्ति उपर विश्वास गर्ने गरिन्छ । शुभ–अशुभ, पवित्र–अपवित्र, स्वर्ग–नरक, भाग्य–दुर्भाग्य, व्रत–कथा इत्यादीमा आफ्‌नो समय र कोष खर्चिने गरेका छौ । देशमा स्कुल र अस्पताल भन्दा मन्दिरको प्रशस्ती हुनु पर्ने स्वीकार्यता हाम्रो व्यवहारले प्रमाणित गरि सकेको छ । स्कुल वा अस्पताल निर्माणमा खासै रुची नराख्ने नेपाली समाजले मन्दिर निर्माणको कार्यलाई पुन्यको काम भनेर बुझ्‌ने गरेको छ । ऋण, सापट, चन्दा उठाएर भए पनि मन्दिर, देवालयको निर्माण कार्यलाई प्राथमिकता दिएका छौ । सरकारको दिशानिर्देश पनि रुढीवादी अग्रसरता तिरै देखिन्छ ।

सायद यसतै अन्धश्रद्धा वा समाजिक परिवेशको आवेगको कारणले गर्दा कुनै पनि घटना वा परिघटनाको धरातलीय यर्थातको वैज्ञानिक विश्लेषण गर्न सक्ने क्षमतालाई शिक्षित वा विद्वान वर्ग समेतले अन्धविश्वास वा पाखण्डको दायरावाट वाहिर निकाल्न सकिरहेका छैन्‌न । यसतो अन्धविश्वासको जरा हाम्रो चेतन अवस्था, अर्धचेतन अवस्था तथा अचेतन अवस्थामा स्थापित भई सकेको छ । मानिसले आफ्‌नो मूल्यवान समय, मेहनतको आर्जन, अमूल्य श्रमको दोहन स्वयं वा समाजको विकास कार्यमा लगाउनुको सट्टा काल्पनिक आवेग र आडम्वरमा खर्चि रहेका छन् । यसैको कारण नेपाल आज मानव विकास सुचकाँक र विश्वको खुसी देशहरुको सुचिमा निकै तल रहेको छ ।

अन्धविश्वास र अन्धश्रद्धाको लेप केवल समाजिक मूल्य र मान्यतामा मात्रै समित छेन । यसको प्रभाव भर्खरै संघियता कार्यान्वयनको अभ्यासमा रहेको नेपालको प्रशासन संयन्त्रमा समेत सहजै देख्न सकिन्छ । संविधानले राज्यको शक्ति बाँडफाड गरेको छ । संवैधानिक अनुसुची अनुसार संघ सरकार, प्रदेश सरकार तथा स्थानिय तहमा बाँडफाँड गरिएको प्रष्ट अधिकार क्षेत्र हुँदा हुँदै तथाकथित पौराणिक मान्यता र एकल नश्लिय चिन्तनको कारण ति अधिकार क्षेत्रहरुको बारेमा संघ सरकारको आफ्‌नै बिवेचना हुने गरेको पाईन्छ । समन्वय, सहकार्य र सह–अस्तित्वको जगमा राज्य संचालन हुने परिकल्पना त गरिएको छ तर संघ सरकारको नियन्त्रण समेत प्रष्ट देखिन्छ जसको कुनै वैज्ञानिक आधार देखिदैन । भुगोल, संस्कृति र समाजिक सहिष्णुतामा आधारित भई संचालन हुनु पर्ने प्रशासनिक संयन्त्र र विकासको मोडालिटी माथि वाटै निर्धारण गरिन्छ । विद्यमान कानूनहरु संघ अनुकुलका छन । प्रदेश तथा स्थानिय सरकारलाई आफ्‌नो कानून बनाउन सक्ने संवैधानिक अधिकार त दिईएको छ तर संघिय कानून प्रतिकुल हुने गरी वनाउन वा कार्यान्वयन गर्न नपाउने गरी अंकुश लगाईएको छ ।

प्रदेश तथा स्थानिय तहको प्रशासनिक नेतृत्व संघ कै हुने भनि अव्यवहारीक व्यवस्था छ । अझ प्रदेश तथा स्थानिय तहमा विकास कार्यमा हुने खर्च र यसको गुणस्तरको लागि राजनैतिक नेतृत्वलाई दोष लगाउने गरीन्छ । सरकारको दिशानिर्देश उपर नै शंका तेर्सियाइन्छ । सुशासनको संघिय परिभाषालाई मात्र बुझाउने प्रयास गरिन्छ । समग्रमा संघिय दृष्टीकोणले मात्र शासन सत्ता सञ्चालन हुनु पर्ने मान्यता लादिएको देखिन्छ । अझ मधेश प्रदेशवाट स्तुतीवादी दास प्रथा र हनुमान संस्कृतिको अपेक्षा नश्लिय चिन्तनले बोकेको दृष्टीकोण प्रष्ट देखिन्छ । यर्थात के हो भने यसतो दृष्टीकोणले उद्यमशिलताको भावनालाई अक्षम बनाएको छ । तर्कहिन मपाईत्ववादको प्रथालाई जबरजस्ती पालन गराई कर्मयोगीको मन र कृयाशिलतामा केवल भय/त्रासको वातावरणलाई श्रृजित गर्ने प्रयास गरिएको छ । निराधार मान्यता र दृष्टीकोणले भौतिक समय र व्यक्तिगत उर्जालाई खोस्ने प्रयास गरिएको छ । समाजिक मानसिकतालाई पँगु बनाउने प्रयत्न गरिएको छ । नेपाली परिवेशमा समग्र समाजिक, प्रशासनिक, राजनैतिक लगायतको बेथिति विरुद्ध सोधिने प्रश्न, उठाईने आवाजलाई नजरअन्दाज गरिने गरिएकोले कुनै पनि घटनाक्रम उपर वैज्ञानिक सोंचको विकास हुन नसकिरहेको अवस्था हो ।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार १०:४८

तपाईको प्रतिक्रिया !