झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १७, बिहीबार २१:४८
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा : झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।

ADVERTISEMENT

दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भइ बस पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सो दुर्घटनामा बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन् ।

घाइते ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार २१:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !