कुण्डलपुरमा सांसद संजयको पहलमा ४३ लाखको सडक ढलान हुँदै

कुण्डलपुरमा सांसद संजयको पहलमा ४३ लाखको सडक ढलान हुँदै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २, शुक्रबार २०:५९
कुण्डलपुरमा सांसद संजयको पहलमा ४३ लाखको सडक ढलान हुँदै

सिरहा : सिरहाको औरही गाउँपालिका–१ कुण्डलपुरमा करिब ४३ लाख रुपैयाँको लागतमा सडक ढलान कार्य सुरु भएको छ।

पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्य संजय कुमार यादवको पहलमा सो सडक ढलानको शिलान्यास शुक्रबार एक कार्यक्रमका भएको हो । जिर्ण अवस्थामा रहेको सो सडक अब कुण्डलपुर गंगनदेखि राम गणेश यादवको घरसम्म, महेशको घरतर्फ जाने बाटो हुँदै कुण्डलपुरबाट बोर्डर जाने सडकसम्म ढलान भएपछि सर्वसाधारणलाई आवतजावतमा सहजता हुने भएको छ।

ADVERTISEMENT

सडक ढलानको कार्य ४२ लाख ६६ हजार ३०२ रुपैयाँमा शिवम् कन्स्ट्रक्सन विष्णुपुरले ठेक्का लिएको छ। उक्त निर्माण कार्य भौतिक पूर्वाधार विकास कार्यालय सिरहाले गराइरहेको छ।

सडक ढलान कार्य आगामी जेठ १५ गतेसम्म सम्पन्न हुने पूर्वाधार कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार २०:५९

तपाईको प्रतिक्रिया !